Logo

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार, रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा सेवा शुरु

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार, रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा सेवा शुरु



काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एक÷एक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि फुलासीका वसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL