Logo

नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ४१ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ४१ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

laxmi

अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

तर, बैंकको १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि खुद नाफा बढेको हो । बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६.४३ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

यस्तै चुक्ता पुँजी १४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ भने पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL