Logo

एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक

एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक



काठमाडौं । एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले बढाउदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कमाएको छ । सोमबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणका गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो ।

laxmi

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ।

बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL