Logo

ग्लोबल आइएमई बैंकको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा १५ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष बैंकको नाफामा वृद्धि भएको हो ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ०४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पुस मसान्तसम्म बैंकको खुद व्याज आम्दानी पनि ० दशमलव ४९ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १३ दशमलव ५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL