Logo

सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्मको छुट



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थित चितवन मिडटाउन रिर्सोट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, वा इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL