Logo

नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा पाण्डे नियुक्त, सीईओको रुपमा नै नियुक्त गर्ने तयारी

नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा पाण्डे नियुक्त, सीईओको रुपमा नै नियुक्त गर्ने तयारी



काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

laxmi

बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ रुपमा काम गरिसकेका छन् ।

चार्टड अकाउन्टेन्ट पाण्डेल बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । गत पुसमा उनी बैंकको सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् ।

बैंक स्रोतका अनुसार अब बैंक सञ्चालक समितिले उनलाई सीईओको रुपमा नै नियुक्त गर्ने तयारी पनि गरिरहेको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL