GBIME

ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित


बिजखबर संवाददाता
8 January, 2022 9:43 am

jyoti bikash bank

काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा अनलाइन भर्चुअल प्रविधि मार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।

Laxmi
NABIL
Yamaha

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रू ४.२६ अर्ब पुगेको छ ।

साथै,बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

sarbottam

यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमशस् माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गरेक थिए। यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL