Logo

बैंक वित्तीय क्षेत्रसम्बन्धी सिबिफिनको अध्ययन प्रतिवेदन, यस्तो छ राष्ट्र बैंकलाई सुझाव

बैंक वित्तीय क्षेत्रसम्बन्धी सिबिफिनको अध्ययन प्रतिवेदन, यस्तो छ राष्ट्र बैंकलाई सुझाव



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारी सार्वजनिक गरेको छ । सिविफिनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा रहेको उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

laxmi

सिबिफिन कार्यसमितिका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमार्फत सुझावसहितको अध्ययन प्रतिवेदन, ०७८ तयार गरेको सिबिफिनले जानकारी दिएको छ ।

नेपालका वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको परामर्श, बैंक तथा वित्तीय संस्थाहरु एवं यस क्षेत्रका लगानीकर्ताहरुको रायसुझावहरुको आधारमा तयार गरिएको उक्त अध्ययन प्रतिवेदन मिति २०७८ पौष १३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेश गरिसकिएको छ ।

यसले समग्र बैंक तथा वित्तीय क्षेत्रको विकास, विस्तार एवं सुधार गर्न सुझाएको बताईएको छ । अर्थतन्त्रको सवलीकरण र समग्र पेशा एवं व्यवसायसहित आम जनजीविकाको स्तरोन्नतिका लागि नियामक निकाय, सरोकारवाला पक्ष र आम संचार जगतसँगको समन्वयलाई पनि यसमा समेटिएको सिबिफिनले जानकारी दिएको छ ।

सिबिफिनको उक्त अध्ययन प्रतिवेदनमा बैंकलाई विदेशमा शाखा खोल्ने, सेयर खरिदविक्रीलगायतका बिषयमा र संचालक समितिको बैठकलगायतका बिषयमा पनि सुझावहरु दिईएको छ ।

यस्तो छ प्रतिवेदन र सुझावहरु :

[googleapps domain=”drive” dir=”file/d/1ZaVnhfuZMSg3ebF8cAEuNjtCIuBNaSLr/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL