Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले शनिबारदेखि लागु हुनेगरी उनलाई डेपुटी सीईओको जिम्मेवारी दिएको हो । राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ।

उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा सामेल भएका थिए र सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका हुन् । उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादि सम्मका विभिन्न पदमा काम गरेका छन् । उनको अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL