Logo

एनसीसी बैंकका कार्डबाहकलाई होटल सिराइचुलीमा छुट, सम्झौतामा हस्ताक्षर

एनसीसी बैंकका कार्डबाहकलाई होटल सिराइचुलीमा छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । एनसीसी बैंकको कार्डबाहक ग्राहकले चितवको चार तारे होटल सिराइचुलीमा विषेष छुट पाउने भएका छन् । बैंक र होटलबीच विभिन्न आकर्षक छुट प्याकेजमा सम्झौता भएको हो ।

बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई होटलमा उपलब्ध विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउने छ । हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL