काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बिहान ८ बजे बसेको संचालक समितिको बैठकले ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंक सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारा सभाले पारित गरेपश्चात वितरण हुनेछ ।