Logo

नबिल बैंकले सार्वजनिक गर्याे एसएसई फेलोसिप कार्यक्रम, यसरी दिन सकिन्छ आवेदन

नबिल बैंकले सार्वजनिक गर्याे एसएसई फेलोसिप कार्यक्रम, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । नबिल बैंकले ६ महिने सिकाईमा आधारित नबिल ‘एसएसई फेलोसिप प्रोग्राम’ सार्वजनिक गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँगको सम्झौतामा उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्तर्गत एक बर्ष सम्मको आवश्यक सहयोग उपलब्ध गराउनेगरी १८ देखि ५० वर्ष भित्रका ईच्छुक ४० व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाईने छ ।

बैंकका अनुसार उक्त कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन । छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने बैंकले जानकारी दिएको छ । उनिहरुका लागि तालिम अवधिभर बस्ने, खाने सुविधा उपलब्ध हुनेछ ।

सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यो कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

नबिल बैंकले सार्वजनिक गर्याे एसएसई फेलोसिप कार्यक्रम, ४० जनालाई उद्यमी बनाईने

प्रतिक्रिया दिनुहोस्
MBL