Logo

ग्लोबल आइएमई लघुवित्तको नवौँ बार्षिक साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई लघुवित्तको नवौँ बार्षिक साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । संस्थाले मंगलबार होटल पोखरा ग्राण्ड मा सम्पन्न गरिएको नवौँ साधारण सभाले उक्त प्रश्ताव पारित गरेको हो ।

संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए ।

आर्थिक बर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै वित्तीय संस्थाको नवौँ साधारणसभा सम्पन्न गरेको हो ।

वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ ।

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL