Logo

सिटिजन्स बैंक र स्पर्श मल्टि स्पेसालीटि हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा विशेष छुट पाउने

सिटिजन्स बैंक र स्पर्श मल्टि स्पेसालीटि हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा विशेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्ज स्थित स्पर्श मल्टि स्पेसालीटि हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने गरी गरिएको समझदारीपत्रमा हस्ताक्षर गरेर उक्त सम्झौता भएको हो ।

laxmi

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले स्पर्श मल्टि स्पेसालीटि हस्पिटल को सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले हाल देशभर १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र ८७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL