Logo

नेपाल पूर्वाधार बैंकले विदेशी धितोमा कर्जा प्रवाह गर्न नपाउने, यस्तो छ निर्देशन (पुर्ण पाठसहित)

नेपाल पूर्वाधार बैंकले विदेशी धितोमा कर्जा प्रवाह गर्न नपाउने, यस्तो छ निर्देशन (पुर्ण पाठसहित)



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अब विदेशी धितो सुरक्षणमा कर्जा प्रवाह गर्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पूर्वाधार विकास बैंकका लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो । केन्द्रिय बैंकले सोमबार पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन २०७५ मा संशोधन गर्दै नयाँ निर्देशिका जारी गरेको छ ।

laxmi

नेपालमा एउटै रहेको पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा हालसम्म नरहेको व्यवस्था गरिएको हो । ‘पूर्वाधार विकास बैंकले हक कायम गर्न नसकिने किसिमको विदेशमा रहेको धितो सुरक्षणमा कर्जा प्रवाह गर्न पाईने छैन ।’ निर्देशनमा भनिएको छ । साथै निर्देशनमा परियोजना कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाईसमेत पूँजीकरण गर्न नपाईने व्यवस्था गरिएको छ ।

यस्तै अब पूर्वाधार विकास बैंकले अन्तरबैंक कारोबार सापटीका रुपमा अन्य ईजाजत प्राप्त बैंकबाट कर्जा सापटी लिन पाउनेछ । अब यसलाई नियमित कर्जा सापटीको रुपमा नभई अन्तरबैंक कारोबार सापटिको रुपमा हेरिने भएको छ । यस्तो अन्तरबैंक सापटीको अवधि भने ७ कार्यदिनको हुने निर्देशनमा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/17FhLFJU5oyQ9IyivSm_nILh39TP1g2he/preview” query=”” width=”800″ height=”1000″ /]

प्रतिक्रिया दिनुहोस्
MBL