Logo

एक हप्तामै बैंकबाट बाहिरियो १५ अर्ब निक्षेप, कर्जा ३ अर्बले बढ्दा सीडी रेसियो ९० प्रतिशत नाघ्यो

एक हप्तामै बैंकबाट बाहिरियो १५ अर्ब निक्षेप, कर्जा ३ अर्बले बढ्दा सीडी रेसियो ९० प्रतिशत नाघ्यो



काठमाडौं । पछिल्लो समय बैंकबाट निक्षेप बाहिरिने क्रम बढेको छ । चालू आर्थिक बर्षको साउनको तेस्रो साता यता साप्ताहिक रुपमा बढ्दै आएको निक्षेप कात्तिक लागेसँगै निरन्तर रुपमा घट्दै गएको छ । नेपालबा बाणिज्य बैंकहरुमा कात्तिक १७ गतेसम्म ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अन्तिम हप्ता अर्थात कात्तिक २७ गतेसम्म आईपुग्दा उक्त निक्षेप १५ अर्ब रुपैयाँले घट्दै ४२ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ ।

laxmi

पछिल्लो समय देशमा आयात बढ्ने तर देशभित्र भित्रने रेमिटान्समा गिरावट आउँदा बैंकहरुको निक्षेप घट्ने क्रम जारी रहेको छ । विशेषगरी बैंकको निक्षेपको स्रोतहरुमध्ये रेमिटान्समा आएको गिरावट, सरकारी खर्चमा सुस्तता, कोरोनाको कारण पर्यटन क्षेत्रमा आएको मन्दी जस्ता कारणले बैंकहरुले निक्षेप संकलन गर्न सकेका छैनन् । साथै पछिल्लो समय देशमा अनौपचारिक अर्थतन्त्र अर्थात हुण्डी मौलाएको कारणले गर्दा पनि बैंकिङ क्षेत्रबाट निक्षेप पलायत भैरहेको सम्बद्ध विज्ञहरुको तर्क रहेको छ ।

पछिल्लो समय लगातार रुपमा निक्षेप घटेपनि बैंकहरुले प्रबाह गर्ने कर्जा भने विस्तार भैरहेको छ । पछिल्लो एकहप्ताको अबधिमा नेपालका बाणिज्य बैंकहरुबाट ३ अर्ब कर्जा प्रबाह भएको छ । समग्र बाणिज्य बैंकहरुको कर्जा र निक्षेपको तुलना गर्ने हो भने उनीहरुले प्रबाह गर्ने कर्जा राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी भैसकेको छ ।

बाणिज्य बैंकहरुले कात्तिक १७ गतेसम्म आईपुग्दा कुल ४० अर्ब २५ करोड रुपैयाँ कर्जा प्रबाह गरेका थिए । जतिवेला सीडी रेसियो ८९.८७ प्रतिशत रहेको थियो । तर पछिल्लो १ हप्तामा थप ३ अर्ब कर्जा विस्तार गर्दै सीडी रेसियो नियामक निकाय राष्ट्र बैंकले तोकेको भन्दा ०.१८ प्रतिशत बढी अर्थात ९०.१८ प्रतिशत पुर्याएका छन् । बैंकले निक्षेप संकलन गर्न नसक्ने तर कर्जा मात्र प्रबाह गरिरहँदा सीडी अनुपात राष्ट्र बैंकले तोकेभन्दा माथि पुगेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL