Logo

माछापुच्छ्रे बैंकको २३ औँं वार्षिक साधारणसभा, लाभांश वितरणको प्रस्ताव पारित

माछापुच्छ्रे बैंकको २३ औँं वार्षिक साधारणसभा, लाभांश वितरणको प्रस्ताव पारित



काठमाडौं । माछापुच्छ्रे बैंकको २३ औँं वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न सभाले यसअघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

laxmi

साथै हाल बैंकको संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ति समेत अनुमोदन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित रहेको जनाएको छ ।

२३औं वार्षिक साधारणसभाको अवसरमा सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७-७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरू पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL