Logo

प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनस कति ?

प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनस कति ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७–७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

laxmi

बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू ११ अर्ब ३४ करोड ७० लाख ५७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL