Logo

बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय, उपाध्यक्षमा सुनिल केसी

बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय, उपाध्यक्षमा सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन भएका छन। संघको ३५ औं वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको हो ।

laxmi

यसैगरी संघको उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी निर्वाचित भएका छन् भने सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, मेगा बैंककी सीईओ अनुपमा खुँजेली, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र सनराइज बैंकका सीईओ सुमन शर्मा चयन भएका छन्।

संघको सल्लाहकारहरुमा नबिल बैंकका सीईओ अनिल केशरी शाह, हिमालयन बैंकका सीईओ अशोक शम्सेर राणा र नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना रहेका चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL