Logo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा पाठकको पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा पाठकको पद तथा गोपनीयताको शपथ



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

laxmi

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार शपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL