Logo

ब्याज आम्दानी घट्दा प्रभु बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?

ब्याज आम्दानी घट्दा प्रभु बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । प्रभू बैंकको चालु आर्थिक वर्षको पहिलो त्रेमासमा नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

laxmi

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि १६.०३ प्रतिशत घटेर एक अर्ब ४२ करोड रुपियाँमा सिमित भएको छ भने सञ्चालन नाफा २९.४९ प्रतिशत घटेर आठ अर्ब ८२ करोड रुपियाँमा सिमित भएको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २०।२९ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL