Logo

बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई छुटको अवसर

बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई छुटको अवसर



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

laxmi

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपिडीबाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोगवापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउनुहुनेछ । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL