Logo

बैंक अफ काठमाण्डु र काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डु र काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डु र काठमाण्डौं गेस्ट हाउसबीच बैंकका ग्राहकहरुलाई छुट दिने गरी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् ग्राहकले काठमाण्डौं गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्टको प्रवेशमा शुल्कमा ५० छुट पाउनेछन् । साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी स्यान्चुरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL