Logo

नेपाल बैंकको सञ्चालक समिति सदस्यमा रितेश शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण

नेपाल बैंकको सञ्चालक समिति सदस्यमा रितेश शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण



काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्य पदमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् । नव नियुक्त सञ्चालकले मिति २०७८ कार्तिक ४ गतेका दिन सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

नवनियुक्त सञ्चालक सदस्य रितेश कुमार शाक्यले आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL