Logo

बैंकहरुको नयाँ व्याजदर आजदेखि लागु, कुन बैंकको ब्याजदर कति ?

बैंकहरुको नयाँ व्याजदर आजदेखि लागु, कुन बैंकको ब्याजदर कति ?



काठमाडौं । वित्तिय संस्थाहरुले आज अर्थात कात्तिक १ देखि लागु हुनेगरि नयाँ व्याजदर लागु गरेका छन् । जसमा सबैभन्दा धेरै कर्जा तथा निक्षेपकारोबार गर्ने वाणिज्य बैंकहरुले पनि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । प्रभु बैंक, सिटिजन्स बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडले र एनआईसि एसिया बैंक लिमिटेडले नयाँ ब्याजदर लागु गरेका छन् ।

laxmi

सिटिजन्स बैंक लिमिटेड

सिटिजन्स बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.७६ प्रतिशतदेखि अधिकतम ५.६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९३ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ६५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ५.९८ प्रतिशत कायम गरेको छ ।

एनआई सि एसिया बैंक लिमिटेड

एनआईसि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ६.८९ प्रतिशत कायम गरेको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंक

स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७।५० प्रतिशतसम्म व्याज दिइनेछ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज निर्धारण गरिएको छ ।

सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८।१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.५३ प्रतिशत रहेको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तथा संस्थागततर्फ ३ महिना भन्दा माथिको अवधिका लागि ८.०५ प्रतिशत तोकिएको छ । बैंकले विभिन्न कर्जा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.५५ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९,०६ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५० प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।

बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ५.४१ प्रतिशत कायम गरेको छ । त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज व्यत्तिगत खातामा न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ भने संस्थागत खाताहरुमा न्यूनतम ७ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ । बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ७.११ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL