Logo

ग्लोबल आईएमई बैंकले सेयरधनी लाई १३.५० प्रतिशत लाभांश दिने, १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद प्रस्ताव

ग्लोबल आईएमई बैंकले सेयरधनी लाई १३.५० प्रतिशत लाभांश दिने, १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद प्रस्ताव



वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ ।

सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुनेछ । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी अधिकतम १६ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यसपटक बैंकले गत वर्षको तुलनामा २.५० प्रतिशतले नै लाभांश घटाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख नाघ्नेछ ।

गत आर्थिक वर्षमा बैंकले खुद ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL