Logo

गरिमा विकास बैंकले गर्याे २ होटलसँग सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा सहुलियत

गरिमा विकास बैंकले गर्याे २ होटलसँग सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा सहुलियत



काठमाडौं । गरिमा विकास बैंकले विभिनन २ होटलसँग सम्झौता गरेको छ । बैंकले सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी र चितवनमा अवस्थित चितवन प्याराडाईज होटल सँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् ।

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL