Logo

एनआइसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, आकर्षक उपहार जित्न सकिने

एनआइसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, आकर्षक उपहार जित्न सकिने



काठमाडौँ । एनआईसी एशिया बैंकले भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू भएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एनआइसी एशिया भाइबर क्विज़ वज समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछ ।

२०७८ आश्विन १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस एनआइसी एशिया भाइबर क्विज़ वजमा दैनिक सहभागी भई सोधिएको सामान्य प्रश्नको सही जवाफ दिने एक जना बिजेताले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्ने छ । हरेक दिन ४ जनाले ५ सयको मोबाइल रिचार्ज समेत जित्न सक्नेछ । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिनेछ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबार भित्र सर्च बक्समा गई यस बैंकको नाम एनआइसी बैंक खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआइसी एशिया भाइबर क्विज वज योजनामा सहभागीता जनाउनका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।

बैंकले ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL