Logo

एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर, असोज २५ गतेदेखि विक्री खुला हुँदैं

एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर, असोज २५ गतेदेखि विक्री खुला हुँदैं



काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।

laxmi

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले यो हकप्रद शेयर खरिदका लागि कात्तिक १४ गतेसम्मको मिति तोकेको छ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL