Logo

बढ्यो मुद्रास्फीति, महंगियो नेपालीको भान्छा

बढ्यो मुद्रास्फीति, महंगियो नेपालीको भान्छा



काठमाडौं । नेपालमा गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा चालु आवको पहिलो महिना अर्थात साउनमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार साउन महिनामा बार्षिक विन्दुगत मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत पुगेको छ । गत आवको यही अवधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत पुगेको थियो ।

laxmi

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थको मुल्यवृद्धिदर ३ दशबमलव ८६ प्रतिशत पुग्दा गैरखाद्य तथा सेवा समुहको मुल्य वृद्धिदर ४ दशमलव ७४ प्रतिशत पुगेको छ । यस्तै यस अवधिमा घ्यु तथा तेलको मूल्य वृद्धिदर २९ दशमलव ०७, गैरमदिराजन्य पेय पदार्थको मूल्य वृद्धिदर १० दशमलव ५१, र सुर्तिजन्य पदार्थको मुल्य वृद्धिदर १० दशमलव १२ प्रतिशत पुगेको छ ।

समिक्ष अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर ३ दशमलव ७० प्रतिशत पुग्दा तराई, पहाड र हिमालमा क्रमशः ४.११, ५.६३, ३.५८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL