Logo

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले भने-‘बीओकेसँग मर्ज गर्ने विषयमा कुनै छलफल समेत भएको छैन’

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले भने-‘बीओकेसँग मर्ज गर्ने विषयमा कुनै छलफल समेत भएको छैन’



काठमाडौं । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाडौं (बीओके) सँग मर्जर गर्ने विषयमा कुनै छलफल समेत नभएको बताएको छ । पछिल्लो समय सामाजिक संजाल तथा मिडियामा समेत ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच बिग मर्जरका लागि सम्झौतानै भैसकेको भन्ने हल्ला आईरहेको बेला ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने सो विषयमा कुनै छलफल समेत नभएको बताएका हुन् ।

laxmi

‘पछिल्लो समय ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच बिग मर्जर हुन लागेको भन्ने हल्ला सामाजिक संजालमा आएको बुझिएको छ,’ ढकालले भने, ‘तर यस हामीले मर्जरका लागि बैंक अफ काठमाडौंसँग छलफल समेत अघि बढाएका छैनौं ।’ साथै पछिल्लो समय मर्जरको विषयलाई जोडेर ग्लोबल आईएमई बैंकको नाम अनावश्यक रुपमा चर्चामा ल्याएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

अघिल्लो बर्ष मात्रै ग्लोबल आईएमई बैंकले जनता बैंकसँग बिग मर्जर गरेको थियो । त्यससँगै ग्लोबल आईएमई बैंक बाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक बन्न पुगेको थियो । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL