Logo

हिमालयन बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको जीर्ण वार्डको मर्मतपछि हस्तान्तरण

हिमालयन बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको जीर्ण वार्डको मर्मतपछि हस्तान्तरण



काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको बाँसबारी स्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’लाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पतालको जीर्ण वार्डको मर्मत सम्हार गरी हस्तान्तरण गरेको हो ।

laxmi

अस्पतालमा भएको वार्ड जीर्ण हुँदा सेवाग्राही तथा चिकित्सकहरूका लागि समेत समस्या परेकोले उक्त वार्ड मर्मत सम्हार गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको सहयोग गरेको जनाएको छ ।

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र महाराजगञ्ज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको उपस्थितिमा उक्त वार्डको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL