Logo

मेगा म्युचुअल फण्ड–१ : वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन

मेगा म्युचुअल फण्ड–१ : वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन



काठमाडौँ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ मा माग गरेभन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।

laxmi

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड-१ को प्रति इकाई मूल्य १० दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमा सार्वजनिक निष्काशन गरेको माग भन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको हो ।

सो अवधिसम्म कूल १ लाख ६३ हजार ६४६ जना आवेदकले उक्त रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको क्यापिटलले जनाएको छ ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL