Logo

नेपाल बैंकको सेवा विस्तार, एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा सञ्चालन

नेपाल बैंकको सेवा विस्तार, एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा सञ्चालन



ललितपुर । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ ।

उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।

बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्दे सामाजिक उत्तरदायित्व वहन गरी अगाडी बढाउनुपर्ने बताए । महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक महानगरपालिकसँग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्वारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ्ग सेवा दिनुपर्ने बताए ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL