Logo

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन, बैंक समयभित्र आवेदन दिन सकिने

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन, बैंक समयभित्र आवेदन दिन सकिने



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।

कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकार्ई सर्वसाधारणका लागि विक्री खुल्ला गरेको थियो ।

असार २३ गते बुधबार देखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त हुन आएकोले आज असार २७ गते (बैंकिङ्ग समय पश्चात्) सो इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।

सोही नीति बमोजिम बैंकको म्युचुअल फण्ड निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु सबैलाई आज बैंक समय भित्र मात्र इकाईका लागि दरखास्त लिन बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This