GBIME

मेगा बैंकको स्मार्ट फोनबाटै कर्जा सुविधा, फोनबाटै दुई लाखसम्मको कर्जा सजिलै प्राप्त गर्न सकिने


बिजखबर संवाददाता
19 June, 2021 9:05 am

मेगा बैंक र दराजबीच सम्झौता, दराजमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा।लि। सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

Bajaj
Nabil
Yamaha

यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख सम्म उपभोग गर्न सक्नेछन् । 

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताएका छन्। 

jagadamba_cement

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom