Logo

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापत्र अनुमोदन, यस्तो छ स्वाप रेसियो

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापत्र अनुमोदन, यस्तो छ स्वाप रेसियो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो सातौं विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति ९एक्विजिसन० गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा विहीबार बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL