Logo

स्टान्डर्ड चार्टड नेपाल ‘बैंक अफ दि इयर’, सिइयो भन्छन् ‘ गुणस्तरीय सेवा दिएको प्रमाण’

स्टान्डर्ड चार्टड नेपाल ‘बैंक अफ दि इयर’, सिइयो भन्छन् ‘ गुणस्तरीय सेवा दिएको प्रमाण’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्टान्डर्ड चार्टड बैंक नेपाल ‘बैंक अफ दि इयर १०१५’ बाट सम्मानित भएको छ । बेलायतको लण्डनमा आयोजित एक समारोहबीच बैंकलाई बैंक अफ दि इयर १०१५ को बिजेता घोषणा गरिएको हो ।

सो अवार्ड दि बैंकर म्याजेजिनले बैंक अफ दि इयर प्रदान गरेको हो । विश्व बैंकिङ उद्योगको निकै आकर्षक मानिने सो अवार्ड विगत १६ वर्षदेखि सुरु गरिएको हो ।

स्टान्र्डर्ड चार्टट बैंक नेपाल यूरोनोमी अवार्ड फर एक्सिलेन्स २०१५, ग्लोबल फाइनान्सबाट वर्ड इर्म्जिङ मार्केट बैंक फर २०१५, वर्ड बेस्ट कन्जुमर डिजिटल बैंकिङ अवार्ड फर नेपाल २०१५ बाट पनि सम्मानित भइसकेको छ ।

स्टान्डर्ट चार्टर्ड बैंक नेपालका सीयओ जोसेफ सिल्भानसले अवार्डले आफ्ना ग्राहकहरुलाई लामो समयदेखि लगातार गुणस्तरीय सेवा दिइरहेका कुराको प्रमाणित गरेको बताए । साथै नेपालमा गरेको सकरात्मक योगदान प्रति आफूहरु गौरवनान्वित जानकारी दिए ।

स्टान्डर्ड चार्डड बैंक नेपालले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ९७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा बैंकले ५८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL