Logo

सिटिजन्स र अफ्तावबीच रेमिट्यान्स सम्झौता, १५ राष्ट्रमा रहेका नेपाली लाभान्वित हुने

सिटिजन्स र अफ्तावबीच रेमिट्यान्स सम्झौता, १५ राष्ट्रमा रहेका नेपाली लाभान्वित हुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडवीच रेमिट्यान्स सम्झौत भएको छ । दुई संस्थावीच विश्वको विभिन्न १५ देशहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको हो ।

यस सम्झौतापश्चात स्पेन, बेल्जियम, जर्मनी, स्वीडेन, फ्रान्स, आयरल्यान्ड, इटाली, नर्वे, नेदरल्यान्ड, डेनमार्क, पोर्चुगल, ग्रिसलगायत अन्य युरोपेली राष्ट्रहरुबाट अफ्ताब मार्फत नेपाल पठाएको विपे्रषण रकम बैंकको नेपालभरको शाखाबाट प्राप्त गर्न सकिने बताइएको छ ।

बैंकको ५६ वटा शाखाहरु र ३ हजार भन्दा बढि सहायक प्रतिनिधिहरु बाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडका सञ्चालक अफताब अशरफले हस्ताक्षर गरेका थिए ।

बैंकले यस अघि यूकेको स्मल वल्र्ड फाईनासियल सर्भिसेस, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेसलगायतसँग रेमिट्यान्स सम्झौता गरिसकेको छ ।

यसका साथै स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस र सिजि मनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

यसको साथ साथै बैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीसंग सम्झौता गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL