Logo

लघुवित्त संस्था माथि राष्ट्र बैंकको कडाई, चौथो त्रैमासदेखि ‘एनएफआरएस’ अनिवार्य

लघुवित्त संस्था माथि राष्ट्र बैंकको कडाई, चौथो त्रैमासदेखि ‘एनएफआरएस’ अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गरेको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्तीय संस्थाले पनि वित्तीय विवरण एनएफआरएस अनुसार तयार गर्नु पर्ने व्यवस्था गरेको छ ।

laxmi

निर्देशन अनुसार लघु वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमास देखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार भर्नुपर्नेछ । सोका लागि राष्ट्र बैंकले विवरणमा समावेश हुने सबै शिर्षकहरु सहितको नमुना विवरण समेत निर्देशन संगै सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL