Logo

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंग महामेलाका विजयीको घोषणा, पौडेलले जिते थाइल्याण्ड भ्रमणको मेगा पुरस्कार प्याकेज

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिंग महामेलाका विजयीको घोषणा, पौडेलले जिते थाइल्याण्ड भ्रमणको मेगा पुरस्कार प्याकेज



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आरबीबी मोबाइल बैंकिंगको प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेको आरबीबी मोबाइल बैंकिंग महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ ।

laxmi

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्यबाट स्वर्णिम पौडेलले  कपल टुर जस अन्तर्गत चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको मेगा पुरस्कार प्याकेज प्राप्त गरेका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम 01कोर(M01 core) ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा  आरबीबी मोबाइल बैंकिंग महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । बैंकमा खाता खोली मोवाइल बैंकिङ्ग(RBB Smart) बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ । 

हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL