Logo

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६-८७’ को ३० लाख कित्ता ऋणपत्र बाँडफाँट

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६-८७’ को ३० लाख कित्ता ऋणपत्र बाँडफाँट



काठमाडौं । ग्लोबल आइएमई बैंकको ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र चैत २३ गते बाँडफाँट भएको छ । बैंकले १० वर्षे अवधिको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६-८७ नामको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।

laxmi

कुल कित्तामध्य बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरी विभिन्न संघसंस्थाहरुलाई र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरी आम सर्वसाधारणमा बाँडफाँट गरेको हो । बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारण मध्यको बाट पनि ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । छिटो अवधि चैत ४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि चैत १६ गतेसम्म बैंकले ऋणपत्र विक्री गरेको हो ।

यस ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले पुरा गरेको छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL