Logo

प्रभुको नयाँ शाखा बर्दिबासमा, सोमबारदेखि कारोवार शुरु

प्रभुको नयाँ शाखा बर्दिबासमा, सोमबारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंकले महोत्तरीको बर्दिवासमा नयाँ शाखा स्थापना गरेको छ । सोमबार एक कार्यक्रमवीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक रामहरि न्यौपानेले सो शाखाको उद्घाटन गरे ।

गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये जनकपुर शाखा कार्यालयलाई बर्दिवासमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बताएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुने पनि बैंकले जानकारी दिएको छ । साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL