Logo

सिटिजन्स बैंक र अलिव कबावबीच सम्झौता, बैंकका ग्राहकलाई अलिव कबावमा विशेष छुट

सिटिजन्स बैंक र अलिव कबावबीच सम्झौता, बैंकका ग्राहकलाई अलिव कबावमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र टङ्गाल, काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्ट बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेट सँगको उक्त सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभर १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL