काठमाडौं । हिजो राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण संवादमार्फत मात्र समस्याको समाधान सम्भव हुने बताएका छन् ।
ओलीले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने उल्लेख गर्दै उत्पन्न परिस्थितिको मूल्याङ्कन र सार्थक निस्कर्षका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएको जानकारी दिएका छन् ।
यस क्रममा उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई संयम रहन आग्रह गर्दै सबै पक्षसँग संवादमा रहेको स्पष्ट पारेका छन् ।
