काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीको आन्दोलनमा सरिक हुने र उनिहरुलार्य सहयोग गर्ने भनदै उनले राजीनामाको घोषणा गरेका हुन् ।
उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको जनाएका छन् ।
यससँगै रास्वपाका सबैजसो सांसदले चाँडै सामुहिक रुपमा राजीनामा दिने कुरा बाहिर आएको छ ।