Logo

सनराइज ब्लूचिप फण्डमा आज आवेदन दिने अन्तिम मौका, यसरी गर्नुस आवेदन

सनराइज ब्लूचिप फण्डमा आज आवेदन दिने अन्तिम मौका, यसरी गर्नुस आवेदन



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि बिक्री खुल्ला गरेको सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज (चैत्र ८ गते, आइतबार) अन्तिम दिन रहेको छ ।

laxmi

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष खुल्ला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेको हो ।

यस इकाईको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL