Logo

कृषि मन्त्री खनालले भने, ‘अहिलेकै काननुमा कृषिमा आधुनिकिकरण गर्न सकिन्दैन’

कृषि मन्त्री खनालले भने, ‘अहिलेकै काननुमा कृषिमा आधुनिकिकरण गर्न सकिन्दैन’



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले झण्झटिलो नीतिनियमका कारण कृषिमा नयाँ प्रविधि भित्र्याउन नसकिएको बताएका छन् । ‘जब सम्म विभिन्न खालका नीतिगत अप्ठ्यारालाई हटाउन सकिदैन तबसम्म नेपालले कृषिमा आधुनिकता ल्याउन सकिँदैन,’ उनले भने ।

कृषिलाई आधुनिकिकरण गर्न काम गर्ने तरिका समेत बदल्नु उनको सुझाव थियो । आधुनिक कृषिका लागि झण्झटिलो नीति नियमका कारण न्यायलयले समेत अबरोध गर्ने गरेको उनको तर्क थियो ।

‘यदि नीति नियम तत्काल परिमार्जन गर्न सकिएन भने हामीले कृषिमा क्रान्ति गर्न सक्दैनौं,’ नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कृषिमा प्रविधि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘विगतमा हामीले जिवन धान्न भए पनि कृषि पेशा गरेको भए पनि हाल आएर जिवन धान्न समेत कृषि पेशा नगर्ने भएका छन हामी सबै आयात मुखी भएको छौं ।’

नेपालले बार्षिक करिब १३ अर्व रुपैयाँको स्याउ आयात गरेको भन्दै अबका दिनमा आयात मुखी नभएर निर्यात मुखी हुनुपर्ने बताएका छन ।
कृषिमा नयाँ प्रविधि भित्र्याउन सरकार पनि सकरात्मक रहेकाले यस क्षेत्रमा नयाँ टेक्नोलोजी भित्र्याउन पाईलट प्रोजेक्ट भित्र्याउनु पर्ने सुझाव दिएका छन । नयाँ प्रविधिको लागि सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराएर किसानलाई सहयोग गर्नु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL