Logo

गहुँको उत्पादन २.५ प्रतिशतले बढ्दै, १७ लाख ८२ हजार मेटन पुग्ने

गहुँको उत्पादन २.५ प्रतिशतले बढ्दै, १७ लाख ८२ हजार मेटन पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्ष गहुँको उत्पादन २.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरुले हालको अबस्था र भाबी परिदृष्यलाई मध्यनजर गर्दै चैत २०७३ देखि असार सम्मको अबधिको खाद्य सुरक्षाको अवस्थाको प्रक्षेपण गरेका छन् ।

जसअनुसार यस बर्ष गहुँको उत्पादन १७ लाख ८२ हजार मेटन उत्पादन हुने देखिन्छ । गत बर्ष १७ लाख ३६ हजार मेटन गहुँ उत्पादन भएको थियो ।

क्राफ्ट मार्फत गरिएको पहिलो प्रक्षेपण अनुसार गहुँ बालीको उत्पादन गत बर्षको तुलनामा २.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको हो । हिउँदे बाली भित्रिएसँगै घरधुरीको खाद्य संचितीमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यस्तै खाद्य सुरक्षा सञ्जालहरुले ३१ गाविसहरुमा उच्चतम खाद्य असुरक्षिको अबस्थ आउने समेत प्रक्षेपण गरेको छ । खाद्य सुरक्षा सञ्जालहरुले धादिङका ५,सिन्धुपाल्चोकका ५, गोरखाका ११,कालिकोटका ३ र डोल्पाका ७ गाविसलाई उच्चतम खाद्य असुरक्षितको अवस्थामा वर्गीकरण हुनसक्ने अनुमान गरेका छन् ।

यी जिल्लाका धेरै जसो गाविस हिमाली भेगमा अवस्थित छ । जहाँ हिउँदे अन्न बालीहरु न्यून रुपमा मात्र उब्जनी हुने हुनाले घरधुरीहरुको खाद्य संचितीमा त्यसले उल्लेख्य मात्रामा योगदान गर्न सक्दैनन् । त्यसबाहेक, ती क्षेत्रमा हिउँदे बालीहरु अक्सर असार महिनातिर मात्र भित्र्याइन्छ ।
साथै, मनसुनी बर्षाको प्रारम्भले गर्दा कच्ची सडक र बाटो बिग्रिने र जसले गर्दा आपूर्तीमा अवरोध भई बजारमा आवश्यकिय वस्तुहरुको मूल्य बढ्ने छ ।

केही हिमाली जिल्लाहरुमा जीविकोपार्जनको मौसमी उपायका रुपमा रहेका यार्शागुम्बाको संकलन जेठ, असारबाट शुरु गरिएतापनी त्यसको आम्दानीबाट मनसुन अबधि सकिएपछि मात्र फाइदा दिन्छ । यसकारण यार्शागुम्बाले यो अनुगमन अबधिभर घरधुरीहरुको खाद्य सुरक्षामा कुनै योगदान दिदैन ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले १४ जिल्लाका १६९ गाविसहरु (दोलखाका १२, काभ्रेपलान्चोकका १०, मकवानपुरका १०, नुवाकोटका २०, रामेछापका १३, रसुवाका २, सिन्धुपाल्चोकका ३१, उदयपुरका ११, गोरखाका ७, कालिकोटका ११, हुम्लाका १०, डोल्पाका १६, मुगुका १० र जाजरकोटका ६) लाई मध्यमस्तरिय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुनसक्ने संभावना देखाएका छन् ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ७४ जिल्लाका बाँकी क्षेत्रहरू न्यूनतम खाद्य असुरक्षित अवस्थामा वर्गिकरण हुन सक्ने पूर्वानुमान गरेका छन् । ती क्षेत्रका घरधुरीहरूले हिउँर्दे बाली उत्पादन मार्फत खाद्य सञ्चिति परिपूर्ति गर्नेछन् र कृषिजन्य तथा गैह्र कृषिजन्य कृयाकलापहरूबाट निरन्तर आम्दानी प्राप्त गर्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL