काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित दरका १,६३,१२५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। मिति २०८२/०५र११ देखि २०८२/०५/२५ सम्म बिक्री खुला गरिएको उक्त सेयरको आवेदन संकलन प्रक्रियामा जेन जी समूहको प्रदर्शनका कारण २०८२र०५र२३ मा स्थानीय प्रशासनले निषेधाज्ञारकर्फ्यू जारी गरेपछि दुई दिन संकलन केन्द्रहरू बन्द भएका थिए। फलस्वरूप, निष्काशन अवधि २०८२/०५/३० र २०८२/०५/३१ सम्म थप गरिएको थियो।
सो अवधिमा प्राप्त आवेदनहरूको प्रशोधन गरी मिति २०८२/०६/०७ मा नेपाल धितोपत्र बोर्डमा पूर्व बाँडफाँट नमूना तालिका पेश गरिएको थियो। बोर्डबाट कुनै निर्देशन प्राप्त नभएपछि मिति २०८२/०६/०९ मा सेयर बाँडफाँट सम्पन्न भएको छ।
कुल ३,७८६ आवेदकबाट ४,८९,७९० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा ९ जनाले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई छुट्याइएको शेयरमा समेत आवेदन दिएकाले ती १,३३० कित्ता रद्द गरियो। बाँकी ३,७७७ योग्य आवेदकबाट प्राप्त ४,८८,४६० कित्ता सेयर मागमध्ये १,६३,१२५ कित्ता बाँडफाँट गरिएको छ।
न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने ९ सय ३२ आवेदकलाई मागबमोजिम २०,९९० कित्ता र ५० देखि ५,००० कित्तासम्म माग गर्ने २,८४५ आवेदकलाई ४० कित्ताका दरले १,१३,८०० कित्ता सेयर बाँडफाँट गरियो।
५० देखि ५,००० कित्तासम्म आवेदन दिने २,८४५ आवेदकमध्ये गोला प्रथाबाट २,८३८ आवेदक छनोट गरी २,८३३ आवेदकलाई थप १० कित्ताका दरले २८,३३० कित्ता र बाँकी ५ आवेदकलाई ५ कित्ताका दरले २५ कित्ता सेयर बाँडफाँट गरियो। कुल २८,३३५ कित्ता सेयर दोस्रो चरणमा वितरण भएको छ। बाँडफाँट प्रक्रियामा गोला प्रथाका लागि बन्द बाकसबाट डिक बहादुर बिष्टले ६ नंं को बल झिकेका थिए ।